दीप युनाइटेडको रक्तदानमा '९० युनिट'
पाेखरा | भदौ १५, २०८१
पोखरा: दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट संकलन भएको छ ।
‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको १२ औं रक्तदान कार्यक्रमबाट ९० युनिट संकलन भएको कार्यक्रम संयोजक आशिष क्षेत्रीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रत्तदाता (५५ पटक रक्तदान) रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने सक्ने बताउदै आगामी दिनमासमेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा हार्ड रोग विषेशज्ञ डा निरज रन्जित, वडा १६ का वडासदस्य राजकुमारी बानिया, मन्जु बस्याल, वडा नं १९ का वडासदस्य विकास आचार्य र बगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतको सहभागिता थियो ।
क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

